आर.के.मिडिया नेटवर्क प्रा.लिद्वारा संचलित कलर्स एफ एम आफ्नो छैठौं बार्षिकोत्सव भव्यताका साथ मनाए
2 दिन पहिले प्रकाशित

धिरेश दत्त
जनकपुरधाम, श्रावण २९ गते । जनकपुरधामः आर.के.मिडिया नेटवर्क प्रा.लिद्वारा संचलित कलर्स एफ.एम.१०२.४मेगा हर्ज आफ्नो बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ मनाएको छ ।जनकपुरधामकै एक मात्र प्रतिष्ठित तथा ख्याती कमाईसकेका यस एफ.एमले बुधबार आफ्नो छठौं बार्षिकोत्सव भव्यताका साथ मनाउँदै सातौं बर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा कलर्स एफ.एम. परिवारले केक काटि कार्यक्रमको शुभारम्भ गरेका थिए ।कार्यक्रमको शुभारम्भमा शुभकामना मन्तव्य राखिएको थियो जसमा कलर्स एफ एमका सल्लाहकार राकेश सिंह,बरिष्ठ पत्रकार श्याम सुन्दर शशि, एफ.एमका पूर्व निर्देशक राम नरेश पाण्डे, रंजीत जयसवाल,समाज सेवी कैलाश जैन, संचारकर्मीद्वय मुकेश ठाकुर,अकुल प्रसाद साहहरुले आ –आफ्नो मन्तव्य राख्नुभएको थियो ।
त्यसै अवसरमा कलर्स एफएम का अध्यक्ष रुपेश सिंहले “ मिडिया संचालनमा हामीले बिभिन्न बाधा ब्यवधानका बीच बिभिन्न उतार चढाव पार गर्द आज यहाँ सम्म आई पुगेको बताउनुभयो । अहिलेको जस्तो सहज अवस्था पहिले न भएको उहाँले बताउनु भयो ।’’त्यस्तै संचारकर्मी मुकेश ठाकुरले “अहिले संचार क्षेत्र चौतर्फी मार खेपिरहेको बताउनुभयो । अहिलेको अवस्थामा संचार क्षेत्रमा काम गर्ने कर्मचारीहरुबाट निरन्तर सहयोग पाउन नसक्ने अवस्थामा पनि यस एफ.एममा कार्यरत पेशाकर्मीहरु बिगत ६ बर्ष देखि एउटै संस्थामा आफ्नो निरन्तर सेवा दिदै आई रहेकोमा खुशी ब्यक्त गरेका थिए ।
उक्त अवसरमा कलर्स अनलाईन टिभीको निर्देशक डा. एस.के.सिंह,मोडल कलेजका प्रिन्सीपल धर्मेन्द्र ठाकुर,प्रध्यापक सिवेन्द्र लाल कर्णको समेत उपस्थिति रहेको थियो ।कार्यक्रमको उद्द्दोष धिरेश दत्तले गर्नुभएको थियो भने समापन निर्देशक रतन जयसवाल गर्नु भएको थियो । कार्यक्रममा एफ.एमका पदाधिकारीहरुलाई खादा ओढाई सम्मान पत्र प्रदान गरिएको थियो भने मानोरञ्जनकालागी नृत्यको समेत प्रस्तुति गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
view comments