पर्सामा सम्बन्धविच्छेदका मुद्दा घरेलु हिंसाभन्दा बढी
8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २८ गते । पर्सा जिल्ला अदालतमा गत आर्थिक वर्षमा घरेलु हिंसाभन्दा सम्बन्धविच्छेदका मुद्दा उल्लेख्य रूपमा बढी दर्ता भएको तथ्यांकले देखाएको छ। अदालतका अनुसार तीन सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दामध्ये दुई सय ६४ वटा फछ्र्योट भएका छन् भने ७९ मुद्दा अझै बाँकी छन्। जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवका अनुसार, घरेलु हिंसाका मुद्दा स्थानीय तहको न्यायिक समिति, प्रहरी र अन्य निकायमार्फत मेलमिलाप हुने भएकाले सम्बन्धविच्छेदका मुद्दा तुलनात्मक रूपमा बढी देखिएका हुन्। वैदेशिक रोजगारी पनि वैवाहिक विघटनको प्रमुख कारणका रूपमा औंल्याइएको छ।
गत वर्ष पर्सामा ९५ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएका थिए, जसमा ५३ फछ्र्योट भइसकेका छन् भने ४२ मुद्दा अझै विचाराधीन छन्। यस्तै, जबर्जस्ती करणीका ९८ मुद्दामध्ये ५६ फछ्र्योट भएका छन् र बाँकी ४२ मुद्दा फछ्र्योटको प्रतीक्षामा छन्। अदालतका अनुसार, यी तथ्यांकले पारिवारिक विघटन र महिला–बालबालिकामाथिको अपराध नियन्त्रणका लागि थप प्रभावकारी पहलको आवश्यकता देखाएका छन्।
कमेन्ट गर्नुहोस्
view comments