सुख्खा संग संघर्ष’ मधेशका युवाको जलवायु चेतना अभियान जनकपुरधाममा सम्पन्न
10 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २८ गते । अन्तर्राष्ट्रिय युवा दिवस हरेक वर्ष अगस्ट १२ मा विश्वभर मनाइन्छ, जसको उद्देश्य युवाको शक्ति, जिम्मेवारी र सम्भावनालाई उजागर गर्दै दिगो र न्यायपूर्ण भविष्य निर्माणमा उनीहरूको भूमिकालाई सबल बनाउनु हो। यस वर्ष २०२५ को अवसरमा एशोसिएसन अफ यूथ अर्गनाइजेसन्स नेपाल (AYON) ले ब्रिटिश काउन्सिलको सहयोगमा मधेश प्रदेशको जनकपुरधाममा ‘सुख्खा संग संघर्ष : मधेशमा युवा र जलवायु न्याय’ विषयमा क्षेत्रीय कार्यक्रम सम्पन्न गरिएको छ। मधेश प्रदेश लामो समयदेखि जलवायु परिवर्तनका प्रत्यक्ष प्रभावहरू,दिर्घकालीन सुख्खा, बढ्दो तापक्रम, पानीको अभाव र कृषि संकटको सामना गर्दै आएको छ। यस कार्यक्रमको उद्देश्य स्थानीय स्तरमै संवाद, वकालत र कार्यको मञ्च तयार गर्दै युवाको आवाजलाई नीति निर्मातासम्म पुर्याउनु र क्षेत्रको वास्तविकतामा आधारित समाधान प्रस्ताव गरका छन्। कार्यक्रममा प्रमुख अतिथि पूर्व मेयर जनकपुर उमहानगरपालिका लालकिशोर साह, विशिष्ट अतिथि, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, युवा नेता र समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सबै अतिथिहरूको आगमनपछि राष्ट्रिय गान र जनकपुर गान किसानको संघर्षप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण सँगै ब्यानर हस्ताक्षर गर्दै औपचारिक उद्घाटन गरियो।
कार्यक्रममा रोट्र्याक्ट क्लब अफ जनकपुरधामका अध्यक्ष विकाश साहले स्वागत मन्तव्य दिँदै (Plastic-Free Morning ) पहलको उद्देश्य र यसको वातावरणीय महत्वबारे जानकारी दिए। उनले काठमाडौंभन्दा जनकपुरमा कार्यक्रम ल्याउने कारण स्थानीय युवाको आवाजलाई प्राथमिकतामा राख्नु रहेको बताए। कार्यक्रमका पहिलो सत्र प्यानल छलफल संयोजक दिपिका लामा प्यानलिस्टहरू मनिषा साह युवा नेतृ, दिगो आवास अभियन्ता,मनिका झा वरिष्ठ पत्रकार,सुभाष शर्मा चुरे संरक्षणमा केन्द्रित वातावरणविद्,अविनाश कुमार झा कृषि तथा सिंचाइ विज्ञले। ‘सुख्खा संग संघर्ष : मधेशमा युवा र जलवायु न्याय’ विषयमा छलफल गरका छन्। उत छलफलमा चुनौतीहरूको पहिचान जस्तै दिगो आवास र पानी संरक्षण : मनिषा साहले आधुनिक सिमेन्ट संरचनाको फाइदासँगै परम्परागत माटो–बाँस घरको जलवायु अनुकूलता र आपतकालीन सहनशीलतामा जोड दिइन्। उनले पानी सोस्ने संरचना र सामग्री पुनःप्रयोगको आवश्यकता औंल्याइन्। चुरे संरक्षण र जलवायु प्रभाव : सुभाष शर्माले चुरे क्षय र भू–जल पुनर्भरण घट्दो दरको सम्बन्धबारे तथ्यांक प्रस्तुत गर्दै यसलाई ‘मधेशको जलस्रोत’ भनेर व्याख्या गरे।माध्यम र सचेतना : वरिष्ठ पत्रकार मनिका झाले अधुरा सरकारी प्रयास र सीमित जनचेतनाप्रति आलोचना गर्दै युवाले चुरे संरक्षणमा स्वामित्व लिनुपर्नेमा जोड दिइन्।कृषि र सिंचाइ चुनौती : अविनाश कुमार झाले सुख्खा नयाँ समस्या नभएको, तर पुरानो र आवर्ती संकट भएको बताए। उनले सिंचाइ स्रोत, प्रविधि प्रयोग र अनुसन्धान–आधारित नीतिको आवश्यकता औंल्याए बताएका छन्।
कार्यक्रममा समाधान र नीति सिफारिसहरू बारेमा पनि छलफल भएको छ। जनकपुरका पोखरीहरूको सदुपयोग, पानीको दुरुपयोग घटाउने अभ्यास, र युवामाझ पानी संरक्षण शिक्षाको विस्तार। चुरे क्षेत्रमा पुनःवनरोपण, किसानलाई प्रविधि र सरकारी सहयोगको पहुँच।प्रभावित क्षेत्रमा लक्षित मिडिया अभियान र युवाको नीति साक्षरता अभिवृद्धि।कृषि तथा वातावरण सम्बन्धी तथ्यांक संकलनमार्फत स्थानीय सन्दर्भमा आधारित नीति निर्माण बारे छलफल गरियो । कार्यक्रमका दोस्रो सत्ए जनकपुरको इतिहास र अनुभव साझेदारी गरका छन् जसमा संयोजक रजत कर्ण र वक्तामा लालकिशोर साह (पूर्व मेयर, जनकपुरधाम उपमहानगरपालिका थिए। पूर्व मेयर लालकिशोर साहले जनकपुरको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक महत्त्वबारे विस्तृत प्रस्तुत गरे। उनले मधेश आन्दोलनमा जनकपुरको भूमिका, धार्मिक पर्यटनको सम्भावना, र शहरीकरणका चुनौतीबारे चर्चा गरेका छन्। प्रमुख बिन्दुहरू जस्तै विकास र वातावरणीय संरक्षणबीचको सन्तुलन आवश्यक,महिला साक्षरतामा सुधारको आवश्यकता ,स्वास्थ्य पूर्वाधारको अभाव र युवा मानसिक स्वास्थ्य चुनौती, सुशासनमा कमजोरी र वातावरणीय नियमको कमजोर कार्यान्वयन बताए । कार्यक्रमको अन्त्यतर्फ मिथिला संस्कृति झल्काउने गीत–नृत्य, सडक नाटक र वातावरणीय सन्देशयुक्त प्रदर्शनहरू प्रस्तुत गरियो। सडक नाटकमार्फत प्लास्टिक प्रदूषण र जलवायु संकटको तत्कालीन समाधान आवश्यकताको सन्देश दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments