सुनसरीमा बस–विङ्गर ठोक्किँदा मृत्यु संख्या पाँचमा पुग्यो, २३ जना घाइतेको उपचार जारी
7 घन्टा पहिले
प्रकाशित
काठमाडौं, श्रावण २७ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार राति बस र विङ्गर ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। विराटनगर महानगरपालिका–१० का ४० वर्षीय अशोक यादवको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या बढेको हो। यसअघि तिरहुत गाउँपालिका–गोइठीका ६० वर्षीय जिवछ महात्मा र उनकी ५२ वर्षीया श्रीमती अनारदेवी यादव, महादेवा गाउँपालिका–६ का ३५ वर्षीय शङ्कर मण्डल र कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदाको मृत्यु भइसकेको थियो।
दुर्घटनामा २८ जना घाइते भएका मध्ये २३ जनाको उपचार जारी छ भने तीन जना सामान्य अवस्थामा घर फर्किएका छन्। घाइतेको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा र विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दुर्घटना तब भएको हो जब राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको विङ्गर (प्र २–०१–००१ ज ००४७) र काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको बस (मे १ ख १७९९) एक आपसमा ठोक्किएका थिए।
कमेन्ट गर्नुहोस्
view comments