जनकपुरधाममा रेल–कार ठक्कर, तीन जना घाइते
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २५ गते । जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र कार ठोक्किँदा तीन जना घाइते भएका छन्। बागमती प्रदेश०१–०२५च १२९० नम्बरको कार महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गर्दा बिहान ८ः३० बजे नेपाल रेल्वेको रेलसँग ‘क्रसिङ एरिया’मा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए। प्रत्यक्षदर्शीका अनुसार ठक्करको आवाज ठूलो थियो र कारमा सवार तीनै जनालाई सामान्य चोटपटक लागेका छन्, भने कारमा ठूलो क्षति पुगेको छ।
दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको र हाल पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments