प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणपछि आज स्वदेश फिर्ता
5 दिन पहिले प्रकाशित

काठमाडौं,श्रावण २३ गते । तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन्। उनले तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइसकेका छन्। विहान ८:३० बजे तुर्कमेनबासी अन्तरराष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तानका उपप्रधानमन्त्री रहसित मेरेडोभले ओलीलाई विदाई गरे।
प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५५ बजे नेपाल आइपुग्ने कार्यक्रम छ। सम्मेलनमा सहभागितासँगै उनले विभिन्न मुलुकका उच्च अधिकारीहरूसँग भेटवार्ता गरी आपसी सहयोग, क्षेत्रीय विकास र पारस्परिक हितका विषयमा छलफल गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments