सिचाइँका क्रममा करेन्ट लागेर मृत्युदर बढ्दो, विद्युत् सुरक्षामा लापरबाही घातक
15 घन्टा पहिले प्रकाशित

संतोष कुमार मिश्र
जनकपुरधाम, श्रावण २१ गते । कृषिप्रधान देश नेपालमा खेतबारीमा सिचाइँका लागि मोटर पम्पको प्रयोग व्यापक हुँदै आएको छ। प्रविधिको उपयोग गर्दा सावधानी नअपनाउँदा सिचाई गर्ने क्रममा करेन्ट लागेर मृत्यु हुने संख्या बढ्दै कृषि प्रधान देश नेपालमा कृषकहरूले खेतीपातीलाई मलजल गर्न सिचाईको अत्यधिक प्रयोग गर्छन् । खासगरी खेती गर्न पानीको मात्रा प्रयाप्त चाहिन्छ । तर प्रविधिको उपयोग गर्दा सावधानी नअपनाउँदा कहिलेकाहीँ दुर्घटनात्मक घटनाहरू घट्न जान्छन् । यसै सन्दर्भमा, कहिले तराई त कहिले पहाडतिर खेतमा मोटर पम्पको सहायताले सिचाई गरिरहेका बेला करेन्ट लागेर मृत्यु भएको दुःखद घटना घटने क्रम बढिरहेका छन् । यस्ता खालका दुःखद घट्नाको बिकल्प चाँही राज्यले गम्भिर भएर सामाधन तर्फ लाग्नु पर्छ ।
यस घटनाले हामी सबैलाई गम्भीर सन्देश दिन्छ कि सिचाईजस्ता सामान्य देखिने कार्य गर्दा पनि विद्युत् सुरक्षामा अत्यधिक ध्यान दिन आवश्यक छ । विशेषतः पानी र करेन्टको संयोजन अत्यन्तै खतरनाक हुनसक्छ । यस प्रकारको दुर्घटनाबाट बच्न निम्न सावधानीहरू आवश्यक छन् । सधैं मोटर वा पम्प चलाउनु अघि तारहरू जाँच गर्ने । भिजेको अवस्थामा विद्युतीय उपकरण नछुने । ग्राउन्डिङ भएको उपकरण मात्र प्रयोग गर्ने । सुरक्षा सामाग्री (जस्तै पञ्जा, बुट) प्रयोग गर्ने । यस्ता घटना दोहोरिन नदिन सबै कृषक र सम्बन्धित निकायहरूले चेतना र सावधानी अपनाउनुपर्ने आवश्यक छ ।
कमेन्ट गर्नुहोस्
view comments