हुलाक बचत बैंकको हस्तान्तरण र अनियमितता सम्बन्धी कार्य विवरण
4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २० गते । हुलाक बचत बैंकको प्रमुख पदमा ना.सु. श्री सुनिल कुमार दासले मिति २०७०/१२/३० गतेदेखि कार्यभार सम्हालेका थिए। नेपाल सरकारको आ.व. २०८०/०८१ को बजेट वक्तव्य अनुसार बचत बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिनुपर्ने भएकोले सम्बन्धित कार्यहरू अगाडि बढाइयो।
बचतकर्ताहरूको रकम यकिन गर्न मिति २०८०/६/३० मा २१ दिने सूचना प्रकाशित गरिएको थियो। तर, त्यसअघिनै मिति २०८०/०६/१९ मा मुचुल्का खडा गरेर बचत बैंकको ताल्चा खोलीएको थियो। त्यसपछि, मिति २०८०/०७/१३ मा श्री दासलाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरिएको हो।
यसपछि, मिति २०८१/०५/२३ मा हुलाक सेवा विभागको टोलीले अनुसन्धान गरी बचत बैंकको रकम हिनामिना सम्बन्धी प्रतिवेदन तयार पारेर विभागमा पेश गर्यो। त्यस प्रतिवेदनको आधारमा निर्देशनालयले ७४६ जना बचतकर्ताको दायित्व रकम यकिन गरी मिति २०८१/१०/०४ मा ३५ दिने सूचना प्रकाशित गर्यो।
बचत बैंकको नाममा रहेका तीन वटा बैंक खातामा रहेको मौज्दात हिमालयन बैंकमा एकीकृत गरियो। त्यसपछि, मिति २०८२/०३/३२ मा राष्ट्रिय वाणिज्य बैंक, जनकपुर शाखासँग सम्झौता गरियो। सम्झौता बमोजिम कुल दायित्व रकम रु. १,४८,८४,४५१.७६ मा ऋण लगानीबाट उठ्न बाँकी रु. १८,८१,२५० कट्टी गरेर रु. १,३०,०३,२०१.७६ मिति २०८२/०४/२० मा राष्ट्रिय वाणिज्य बैंकमा पठाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments