सप्तरीमा जसपाको नयाँ नेतृत्व: केदार यादव अध्यक्षमा निर्वाचित
9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २० गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित भएका छन्। सोमबार सम्पन्न निर्वाचनको मतगणना मंगलबार सकिँदा यादवले २३५ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी उमेश यादवले २०५ मत प्राप्त गरेका थिए। उपाध्यक्ष पदमा केदार प्यानलका लक्ष्मण यादव र उमेश पक्षका हरेराम यादव विजयी भए।
सचिव पदका लागि प्रतिस्पर्धा निकै कडा देखियो। उमेश प्यानलका निरज झा ‘मुक्ति’ले २३१ मत ल्याएर शम्भु यादवलाई जम्मा १ मतको अन्तरले पराजित गर्दै सचिवमा निर्वाचित भए। जसपाको यो अधिवेशन साउन १४ गतेदेखि सुरु भएको थियो, जसको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments