जनकपुरधाममा कांग्रेस मधेश प्रदेशको बैठक सम्पन्न, संगठन सुदृढीकरणमा जोड

10 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २० गते । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको पदाधिकारी बैठक सोमबार जनकपुरधामस्थित पार्टीको प्रदेश कार्यालयमा सम्पन्न भएको छ। बैठकमा आठ वटै जिल्लाका सभापतिहरू, उपसभापति, प्रशिक्षण विभागका पदाधिकारीहरू र अन्य सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा पार्टी संगठनलाई मजबुत बनाउने, स्थानीय तहमा पार्टीको सक्रियता बढाउने, आगामी कार्यक्रमहरू योजनाबद्ध बनाउने र समसामयिक राजनीतिक अवस्थाबारे गहिरो छलफल गरिएको बताइएको छ।

बैठकमा पार्टीको आन्तरिक सुदृढीकरणका लागि जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्नेमा विशेष छलफल भएको मधेश प्रदेशका प्रमुख सचिव सन्तु यादवले जानकारी दिनुभयो। बैठकको अध्यक्षता प्रदेश सभापति कृष्णप्रसाद यादवले गर्नुभएको थियो। सहभागीहरूले प्रशिक्षणको प्रभावकारिता बढाउँदै संगठनात्मक कार्यशैलीलाई थप मजबुत बनाउने रणनीतिमा एकमत जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?