सप्तरीमा लुटपाट र हत्या अभियुक्त प्रहरीको गोली प्रहारपछि नियन्त्रणमा

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १९ गते ।  सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ औरहीका २८ वर्षीय दीपक मरिकलाई लुटपाट र हत्या अभियोगमा आइतबार राति प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ। प्रहरीलाई देखेपछि भाग्न खोजेका मरिकलाई नियन्त्रणमा लिन चार राउन्ड हवाई फायर गरिएको थियो। प्रहरीले गुप्त सूचनाको आधारमा उनलाई डाक्नेश्वरी–५ बाट राति साढे १० बजे पक्राउ गरेको हो। डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार मरिकको संलग्नता यसअघि भएको लुटपाट र हत्या घटनामा खुलेको छ र थप जानकारी पत्रकार सम्मेलनमार्फत दिइनेछ।

गत जेठ २२ गते सुरुङ्गा नगरपालिका–८ मल्हनमा अज्ञात समूहले लुटपाटपछि ५० वर्षीय कान्तलाल चौधरीको हत्या गरेका थिए भने उनका भाइ रामकान्त घाइते भएका थिए। उक्त समूहले नगद, सुन, चाँदी लगायतका सामग्री लुटेर फरार भएका थिए। घटनापछि प्रहरीको कुकुर सहायता र विशेष अनुसन्धानका आधारमा अन्य केहीलाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?