रौतहटमा करेन्ट लागेर एक किसानको ज्यान गयो, विद्युत प्राधिकरणको लापरवाहीमा आक्रोश

16 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १९ गते । रौतहटको ईशनाथ नगरपालिका–८ मंसरी टोलमा आइतबार राति करेन्ट लागेर ५५ वर्षीय किसान शेख जफिरको ज्यान गएको छ। धान रोप्नका लागि विद्युतीय मोटरमार्फत खेतमा पानी हालिसकेपछि मिटरको तार पोलबाट निकाल्ने क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरे।

स्थानीय किसान तथा बासिन्दाहरूले विद्युत प्राधिकरणको लापरवाहीलाई घटनाको मुख्य कारण ठहर गरेका छन्। पोलमा अर्थिङको अभाव, मिटर जडान र तारको सुरक्षामा हेलचक्राइ, र समयमै समन्वय नगर्ने विद्युत प्राधिकरणको व्यवहारले किसानको ज्यान लिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्। यदि समस्या समाधान नभए किसान आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ।

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?