खोटाङमा तीर्थयात्री बोकेको माइक्रोबस दुर्घटना, एकको अवस्था गम्भीर
16 दिन पहिले
प्रकाशित
जनकपुरधाम, श्रावण १९ गते । सिराहाबाट हलेसी दर्शनमा गएका तीर्थयात्री चढेको माइक्रोबस खोटाङमा दुर्घटनामा परेको छ। साउन १९ गते सोमबार बिहान हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडाको दौंते खोलानजिक तीर्थयात्री बोकेको प्रदेश २–०१००१ ज. ००५३ नम्बरको माइक्रोबस सडकबाट पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार गाडीमा चालकसहित १६ जना सवार थिए।
दुर्घटनामा एक जना यात्रु गाडीले च्यापिएको अवस्थामा भेटिएका छन्, जसको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेसहित अन्य १३ जनालाई उपचारका लागि उदयपुरस्थित घुर्मीमा प्राथमिक उपचार केन्द्रमा पठाइएको छ। तीर्थयात्रीहरू सिराहाको नराहा नगरपालिका–५ का रहेको र बाँकी घाइतेहरूको विवरण आउन बाँकी रहेको जानकारी दिइएको छ।
कमेन्ट गर्नुहोस्
view comments