मुख्यमन्त्री सिंहद्वारा सुनकोशी–मरिण डाइभर्सन परियोजनाको निरीक्षण, निर्माण सुस्त भएकोमा चिन्ता

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शनिबार सिन्धुलीको खुर्कोटमा निर्माणाधीन सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ। मुख्यमन्त्रीसँगै ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादव लगायतको उच्चस्तरीय टोलीले डाइभर्सनको प्रगति अवलोकन गरेको हो। निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहले निर्माण कम्पनीलाई तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्।

सिँचाइमन्त्री यादवले उक्त आयोजना मधेश प्रदेशका लाखौँ किसानका लागि जीवनदायी योजना भएको उल्लेख गर्दै निर्माणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्नुभयो। सुनकोशी नदीको पानी मरिण हुँदै मधेशका रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सासम्म पुर्‍याउने लक्ष्यसहित ४९ अर्ब ४२ करोड रुपैयाँको लगानीमा परियोजना निर्माण भइरहेको छ। तर, निर्माण थालेको २८ महिना बितिसक्दा पनि केवल सात प्रतिशत मात्र प्रगति भएको, बाँकी ९३ प्रतिशत कार्य आगामी २७ महिनाभित्र, अर्थात् २०८४ सालको भदौभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?