नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
15 घन्टा पहिले प्रकाशित

घनश्याम मिश्र
जनकपुरधाम, श्रावण १६ गते । नेपाल प्रहरी श्रीमती संघको ४१औँ वार्षिकोत्सवको अवसरमा मधेश प्रदेश श्रीमती संघ, जनकपुरधामले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको प्रमुख आतिथ्यता मधेश प्रदेश श्रीमती संघ, जनकपुरधामकी अध्यक्ष श्रीमती पुनम चतुर्बेदीले गर्नुभएको थियो। मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको परिसरमा आयोजित उक्त कार्यक्रममा वृक्षारोपण गरी सम्पन्न गरिएको हो।
कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्बेदी, मधेश प्रदेश प्रहरी गण जनकपुरधाम धनुषाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकार, प्रहरी नायव उपरीक्षक विजय यादव, अजय कुमार जयसवालसहित वरिष्ठ प्रहरी अधिकृतहरू, कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू, र नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेश, जनकपुरधामका अन्य पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments