सप्तरीमा बालिकासँग सामूहिक बलात्कारको घटना
19 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १६ गते । सप्तरीको राजविराज नगरपालिकामा एक बालिकासँग सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ। परिवारजनका अनुसार बुधबार राति घर अगाडि उभिरहेकी ती बालिकालाई चार जना युवाको समूहले उठाएर लगी जबरजस्ती करणी गरेको छ। राति ८ बजेतिर लगिएकी बालिकालाई बिहानपख घरमा ल्याएर छाडिएको परिवारका सदस्यहरूले बताएका छन्।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनामा संलग्न एक युवकलाई पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता जितेन्द्र कुमार बस्नेतले पीडित परिवारबाट अहिलेसम्म जाहेरी नआएको जानकारी दिँदै जाहेरी प्राप्त भएपछि अनुसन्धान अगाडि बढाइने बताउनुभयो।
कमेन्ट गर्नुहोस्
view comments