पोखरीमा डुबेर युवकको मृत्यु
20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १५ गते । महोत्तरीको पिपरा गाउँपालिका–७ बनौलीका ३० वर्षीय मुरारी झाको पोखरीमा डुबेर मृत्यु भएको छ। गाउँ नजिकै रहेको दुर्गा मन्दिर छेउको सार्वजनिक पोखरीमा बुधबार साँझ उनी डुबेको स्थानीय सुमन झाले जानकारी दिएका छन्।
स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरीले गोताखोर टोलीमार्फत खोजी थालेको थियो। खोजतलासपछि उनको शव पोखरीबाट निकालिएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments