राष्ट्रियसभा बैठकमा एलडिसी ग्रयाजुएसनबारे प्रधानमन्त्री ओलीको सम्बोधन

1 दिन पहिले प्रकाशित

काठमाडौँ, श्रावण १४ गते ।  प्रधानमन्त्री केपी शर्मा ओली आज राष्ट्रियसभाको बैठकमा नेपालको अतिकम विकसित राष्ट्र (LDC) बाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी विषयमा सम्बोधन गर्ने भएका छन्।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले प्रस्तुत गर्ने अध्ययन प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफ्नो धारणा सार्वजनिक गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

साथै, बैठकको कार्यसूचीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पनि समावेश गरिएको छ। साथै, मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको पत्रहरू पनि जानकारीका लागि बैठकमा प्रस्तुत गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?