सिरहामा घरमै सुतिरहेका वृद्धको धारिलो हतियार प्रहार गरी हत्या
20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १४ गते । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११, आमटोलमा ७५ वर्षीय फनिलाल यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। बुधबार राति करिब १ बजेतिर आएको एक अपरिचित समूहले घरमै सुतिरहेका यादवमाथि आक्रमण गरी टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट पुर्याएको थियो।
परिवारजनले तत्कालै उनलाई उपचारका लागि अस्पताल लगेपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाको कारण अहिलेसम्म खुल्न नसकेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी कैलाश राईले जानकारी दिए। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र दोषीको पहिचान तथा खोजी कार्य तीव्र पारिएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments