मधेश प्रदेश ज्येष्ठ नागरिक संघको अध्यक्षमा विजय किशोर झा सर्वसम्मत निर्वाचित
20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १४ गते । रौतहटका ७४ वर्षीय विजय किशोर झा मधेश प्रदेश ज्येष्ठ नागरिक संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। संघको अधिवेशनबाट अध्यक्षमा झा चयन भएको जानकारी राष्ट्रिय कार्यकारिणी समिति सदस्य रमेश कुमार दत्तले दिएका हुन्। अधिवेशनले अन्य पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष बाराका भरत मल्ल, महिला उपाध्यक्ष पर्साकी ज्योति शाह, महासचिव धनुषाका सूखचन्द्र लाल कर्ण, कोषाध्यक्ष सर्लाहीका रबिन्द्र प्रसाद सिंह, सचिव सप्तरीका राम नरेश सिंह, उपकोषाध्यक्ष महोत्तरीका राजेश्वर ठाकुर तथा सदस्यहरूमा सलमा नेशा खातून (सर्लाही) र महेश्वर लाल कर्ण (रौतहट)लाई सर्वसम्मत चयन गरेको तदर्थ समिति संयोजक जगदीश शर्माले जानकारी दिए।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मधेश प्रदेशका युवा, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले ज्येष्ठ नागरिकको हकहितमा प्रदेश सरकार सधैं प्रतिबद्ध रहेको बताए। नव-निर्वाचित अध्यक्ष झा शिक्षण पेशाबाट अवकाश प्राप्त व्यक्ति हुन्, जसले २०२७ देखि २०५४ सालसम्म राष्ट्रिय समाचार समिति (रासस) मा पत्रकारका रूपमा काम गरेका थिए। अध्यक्ष झाले अब ज्येष्ठ नागरिकले भोग्दै आएको पीडामा राज्यको ध्यानाकर्षण गराउँदै उनीहरूको जीवन सहज बनाउन प्रदेश कार्यसमिति सक्रिय रहने प्रतिवद्धता जनाए।
कमेन्ट गर्नुहोस्
view comments