प्रेम शोषणको प्रतिशोधमा हत्या? जनकपुर गेस्टहाउस घटनाले उठायो प्रहरीको भूमिकामाथि प्रश्न
3 महीना पहिले
प्रकाशित
जनकपुरधाम, श्रावण १४ गते । महोत्तरीकी २१ वर्षीया जुलीले प्रहरी बन्ने सपना पालेकी थिइन्। १२ कक्षा पास गरेपछि जनकपुरमा डेरा लिएर असई (प्रहरी सहायक निरीक्षक) तयारी गरिरहेकी थिइन्। तर साउन ४ गते जनकपुरको जिरोमाइलस्थित गेस्टहाउसमा ३२ वर्षीय विमलेश यादवको रहस्यमय मृत्यु भएपछि जुली प्रहरी हिरासतमा पुगिन्। घटनाको भिडिओमा गेस्टहाउसको झ्यालबाट नग्न र घाइते अवस्थामा युवक खस्दै गरेका र एक युवती भाग्दै गरेको दृश्य देखिन्छ। मृतक विमलेशले तीन वर्षअघि फेसबुकमार्फत जुलीसँग नजिकिएर शारीरिक सम्बन्ध बनाएपछि फोटो र भिडिओको धम्की देखाएर बारम्बार शोषण गर्दै आएको खुलेको छ।
प्रहरी अनुसन्धानका अनुसार जुलीले लामो समयदेखि विमलेशबाट मानसिक, शारीरिक र आर्थिक यातना भोग्दै आएकी थिइन्। यस्तै अवस्थाका कारण उनले आत्महत्या प्रयास समेत गरेकी थिइन्। उनका परिवारका अनुसार शोषण रोक्न भन्दै पटकपटक प्रहरीमा उजुरी गरिएको थियो, तर हरपल मिलापत्रमै टुंग्याइँदा समस्या झन गहिरिँदै गयो। अन्ततः शोषणको अन्त्यको प्रयासमा घटेको हत्याकाण्डले प्रहरीको संवेदनशीलता र कारबाही प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको छ। अहिले जुली हिरासतमा छिन्, र घटनाको अनुसन्धान जारी छ।
कमेन्ट गर्नुहोस्
view comments