नेपाल डेन्टल एशोसिएसन धनुषा शाखाको निर्वाचन सम्पन्न, डा. राजिव शर्मा अध्यक्षमा विजयी
9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १२ गते । नेपाल डेन्टल एशोसिएसन (NDA) धनुषा शाखाको नयाँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनबाट डा. राजिव शर्मा अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनले ४५ मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धी डा. राम सरोज साहलाई पराजित गरेका हुन्, जसले २६ मत प्राप्त गरे।
त्यस्तै, उपाध्यक्ष पदमा डा. राम पदारथ यादव विजयी भएका छन्। उनले ४८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी डा. राजिव कुमार सिंह ले २३ मत प्राप्त गरेका थिए।महासचिव पदमा डा. सुमन कर्ण निर्विरोध निर्वाचित भएका छन्।
कोषाध्यक्ष पदमा डा. मिशा महासेठले ५० मत ल्याएर विजय हासिल गरेकी छन् भने उनका प्रतिस्पर्धी डा. रुपेश कुमार मण्डलले २१ मत प्राप्त गरेका थिए।सह-सचिव पदमा डा. अम्बिका यादव विजयी भएकी छन्। उनले ४९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी डा. अभिनास देवले २२ मत ल्याएका थिए।
यसैगरी सदस्य पदमा डा. मिनु यादव, डा. प्रदिप के. यादव, डा. अञ्जली कुमारी गामी, र डा. निक्की कुमारी यादव निर्विरोध निर्वाचित भएका छन्।निर्वाचन अधिकृत डा. अशोक कुमार सिंहका अनुसार कुल ८८ जना सदस्य मध्ये ७१ जनाले मतदान गरेका थिए। निर्वाचन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको छ। निर्वाचन पश्चात नवनिर्वाचित समितिले धनुषा जिल्लामा दन्त चिकित्सकहरूको हकहितका लागि समर्पित ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments