दलित महिलामाथिको बलात्कार अभियोगमा आरोपी जेल चलान, पीडितलाई दबाब र धम्की
5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १२ गते । रौतहटको राजपुर नगरपालिका–३ की एक दलित महिलालाई एक वर्षअघि जबरजस्ती करणी गरेको अभियोगमा खुर्सैद खाँ पैठानलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि कारागार चलान गरेको छ। न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। थुनछेक बहसको क्रममा महिला अधिकारकर्मीहरूको समूहले अदालतको गेटमै प्रदर्शन गर्दै आरोपीलाई थुनामै राख्न र कुनै हालतमा उन्मुक्ति नदिन माग गरेका थिए।
पीडित पक्षका अनुसार आरोपीको परिवार र छोराहरूबाट आर्थिक प्रलोभन र ज्यान मार्ने धम्कीसमेत आएको छ। फरार रहेका आरोपी पैठान गत असार १८ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए। आम जनता पार्टीका केन्द्रीय सदस्य राजन साहले घटनाको निष्पक्ष छानबिन माग गर्दै दोषीलाई राजनीतिक पहुँच वा पैसाको आडमा छुट दिन नहुने चेतावनी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments