किसानले वर्षाको कामना गर्दै धनुषाको धनुष मन्दिरमा चढाए दुध

4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ११ गते । वर्षाको कामना गर्दै धनुषाको धनुषाधामस्थित धनुष मन्दिरमा दुध चढाइएको छ । लामो समयदेखि वर्षा नभएपछि स्थानीय किसानले वर्षाको कामना गर्दै मन्दिरमा दुध चढाएका हुन् ।

वर्षाको पुकार गर्दै धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डललगायत चार सयभन्दा बढी किसानले दुध चढाएका छन् ।
साउन महिनाको दोस्रो साता बितिसक्दा समेत वर्षा नहुँदा धान रोप्न नपाएर चिन्तित बनेका यहाँका किसानले घरघरबाट लिएर आएको दुध प्रसिद्ध धनुष मन्दिरमा चढाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?