प्रधानमन्त्री ओलीद्वारा तराई–मधेसको सुख्खा प्रभावित क्षेत्रको अवलोकन

22 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराई–मधेसका सुख्खाग्रस्त क्षेत्रहरूको स्थलगत अवलोकन गर्नुभएको छ। हाल वर्षा अभावका कारण धान रोपाइँमा समस्या देखिएपछि सरकारले साउन ७ गतेको मन्त्रिपरिषद् बैठकमार्फत तीन महिनाका लागि मधेश प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। कृषि संकट गहिरिँदै गएपछि प्रधानमन्त्रीले सम्बन्धित मन्त्री, प्रदेश सरकार तथा उच्च अधिकारीहरूसँग छलफल गरी समाधानको उपाय खोज्न पहल गरिसक्नुभएको छ।

प्रधानमन्त्रीको यो अवलोकन भ्रमणले संकटग्रस्त क्षेत्रको यथार्थ बुझ्न र राहत तथा समाधानको कार्यदिशा तय गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ। अवलोकनपछि प्रधानमन्त्री ओली महोत्तरी र बाराका विभिन्न कार्यक्रमहरूमा समेत सहभागी हुने तालिका रहेको छ।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?