सिरहामा दाजुभाइबीचको विवाद खुकुरी प्रहारमा परिणत, दाजुको मृत्यु
22 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ९ गते । सिरहा जिल्लाको गोलबजार नगरपालिका–३ मा खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ। २५ वर्षीय श्याम सदाले आफ्नै दाजु ३५ वर्षीय मोतीराम सदामाथि खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका मोतीरामलाई तत्काल लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार श्याम र उनकी १९ वर्षीया श्रीमती कौशल्या सदा बीच घरायसी विवाद चलिरहेका बेला मोतीरामले विवाद मिलाउन प्रयास गरेका थिए। त्यही क्रममा रिसाएको श्यामले दाजु मोतीराममाथि खुकुरी प्रहार गरेका थिए। घटना लगत्तै श्याम जंगलतर्फ फरार भएका छन् र हाल प्रहरी उनको खोजीमा जुटिरहेको बताइएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय, गोलबजारले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments