धनुषामा पोखरीमा डुबेर बालकको मृत्यु, घर नजिकै शव फेला
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ८ गते । धनुषाको सबैला नगरपालिका–१०, खरियानीमा एक ७ वर्षीय बालक पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका छन्। स्थानीय खुसिया कापरका छोरा सचिन कापर बुधबार बिहानदेखि हराइरहेका थिए।
धेरै प्रयासपछि खोजतलासको क्रममा बिहीबार बिहान १० बजे सचिनको शव घर नजिकैको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार बालक गर्मी छल्न पोखरीमा नुहाउन गएका बेला डुबेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments