कुलिङ पिरियडको गडबडी प्रकरणमा सोधपुछ अन्तिम चरणमा, समितिले चाँडै प्रतिवेदन पेश गर्ने तयारी

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ८ गते । कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न गठित विशेष समितिले सोधपुछको कार्य अन्तिम चरणमा पुर्‍याएको छ। समितिले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका महेश बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, रास्वपाका सन्तोष परियारसहित प्रमुख सचेतकहरूबाट बयान लिइसकेको छ।

यस्तै, समितिले मुख्यसचिव एकनारायण अर्याल, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयका सचिव तथा सहसचिवहरू, साथै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरा लगायतसँग पनि सोधपुछ गरिसकेको छ। समितिका सदस्यहरूका अनुसार अब छिट्टै प्रतिवेदन लेखन प्रक्रिया सुरु हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?