सप्तरीमा सर्पदंशबाट महिलाको मृत्यु, गर्मीका कारण सर्पको सक्रियता बढ्दो
काठमाडौं, श्रावण ८ गते । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा सर्पदंशका कारण एक महिलाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले ५० वर्षीया सङ्गीता राईको सर्पदंशबाट मृत्यु भएको जानकारी दिएका हुन्। उनी स्थानीय इन्द्रबहादुर राईकी पत्नी थिइन्।
हाल तराई क्षेत्रमा अत्यधिक गर्मी बढेसँगै विषालु सर्पको सक्रियता र जोखिम बढेको जनाइएको छ। सर्पदंशका घटनामा वृद्धि देखिएकोले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन र सावधानीपूर्वक बस्न चिकित्सक तथा सुरक्षाकर्मीहरूले आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments