महिनाथपुर बोर्डरमा चार राउण्ड गोली: एसएसबीको कारबाहीमा एक नेपाली घाइते, सिमा बन्द

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ७ गते । धनुषाको महिनाथपुर सीमावर्ती क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले चार राउण्ड गोली चलाएको छ। भारतको बिहार राज्यअन्तर्गत मधुबनी जिल्ला, ग्रामपञ्चायत–६ मैनाथपुर सिमामा किसानहरूले नेपालतर्फ खाद्य सामग्री ल्याउने क्रममा भएको विवादपछि एसएसबीले गोली प्रहार गरेको हो। गोलीको दुई राउण्ड नेपालतर्फ भर्ता पासमानको कम्मरमा लागेको पुष्टि भएको छ।

घटनापछि नेपालस्थित विदेह नगरपालिका–१ को महिनाथपुर सिमा नाका र भारततर्फको बोर्डर दुवै बन्द गरिएको छ। सशस्त्र प्रहरी बल मधेश प्रदेश, छिन्नमस्ता वाहिनीका प्रमुख डिआईजी कृष्ण ढकालका अनुसार अहिले सीमामा सर्वसाधारणको आवत–जावतमा पनि पूर्ण रोक लगाइएको छ। स्थिति नियन्त्रणमा रहेको जनाउँदै सुरक्षा सतर्कता कडा पारिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?