सर्लाहीको कबिलासी नगरपालिका कार्यालयबाट सामग्री चोरी, पाँच जना पक्राउ

17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ७ गते । सर्लाहीको कबिलासी नगरपालिकाको सामाजिक सुरक्षा शाखाबाट सरकारी उपकरण चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कबिलासी नगरपालिका–८ निवासी रोहित मिश्र, सुरेन्द्र राय, राजु पासवान, ललका पासवान र दिपक पासवान रहेका छन्। उनीहरू साउन ४ गते राति शाखाको कोठाबाट कम्प्युटर, प्रिन्टर, मोनिटर, किबोर्ड, कुर्सी, वाइफाइ राउटर, मल्टि प्लग लगायतका सामग्री चोरी गरेको अभियोगमा पक्राउ परेका हुन्।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा नगरपालिका नजिकैको नालामा फालिएको अवस्थामा एक प्रिन्टर फेला पारेको थियो। सीसीटीभी फुटेज र प्राविधिक सूचनाको आधारमा चोरीमा संलग्न व्यक्तिहरूलाई चोरी गरिएका सामग्रीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?