मधेसमा खडेरीले धान रोप्न नपाएका किसानका लागि संघीय सरकारको विशेष कार्यक्रम ल्याउने तयारी
17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ७ गते । खडेरीका कारण धान रोप्न नसकेर समस्यामा परेका मधेस प्रदेशका किसानहरूलाई राहत दिन संघीय सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ। मधेसलाई प्रदेश सरकारले सुक्खा क्षेत्र घोषणा गरिसकेको छ भने संघीय सरकार पनि प्रभावित क्षेत्रका लागि राहत र पुनःस्थापनासम्बन्धी योजना बनाउन लागेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिएका छन्।
मन्त्री अधिकारीका अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकले खडेरीपीडित किसानका पक्षमा केही महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। उनले मधेसमा खडेरीले गम्भीर असर पारिरहेको, किसानले धान रोप्न नपाएको र खाद्यान्न संकट आउने जोखिम देखिएको भन्दै संघीय सरकारले समयमै कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।
कमेन्ट गर्नुहोस्
view comments