रौतहटको चन्द्रपुरमा बेवारिसे शव फेला, पहिचान खुल्न सकेन
17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ७ गते । रौतहटको चन्द्रपुर नगरपालिका–४, टेकान टोलमा बुधबार बिहान एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। करिब ४० वर्ष उमेरका ती पुरुषको शव बिहान ६:३० बजे फेला परेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोली तत्काल घटनास्थलमा पुगेको थियो। शव नजिक कुनै परिचय खुल्ने कागजात फेला नपरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार मृतकको नाम, थर र ठेगाना हालसम्म नखुलेको हो। प्रारम्भिक अवलोकनमा उनी केही दिनदेखि सोही स्थानमा रहेको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments