सर्लाहीमा चिकित्सकमाथि हातपात, मलङ्गवा अस्पतालको ओपिडी सेवा अनिश्चितकालका लागि बन्द

17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ७ गते । सर्लाहीको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा कार्यरत अर्थोपेडिक डा. कृष्णजङ्ग साहमाथि बिरामीका आफन्तले हातपात गरेपछि अस्पतालको ओपिडी सेवा मङ्गलबारदेखि ठप्प पारिएको छ। सोमबार राति हड्डीको उपचारका लागि आएका बिरामीलाई अन्यत्र रेफर गर्ने विषयमा विवाद उत्पन्न भएपछि डा. साहमाथि हातपात भएको थियो। घटनापछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव सिंहले कानुनी कारबाही नभएसम्म सेवा सुचारु नहुने स्पष्ट पारेका छन्। नेपाल चिकित्सक संघले पनि प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेको छ। ओपिडी सेवा बन्द हुँदा नियमित उपचारका लागि अस्पताल आउने सर्वसाधारण बिरामीहरू मारमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?