हत्या आरोपमा युवतीको बयान : “मलाई आत्महत्या गर्नुपर्थ्यो या उसलाई मार्नुपर्थ्यो, मैले दोस्रो रोजें”

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ५ गते ।  महोत्तरीको महोत्तरी गाउँपालिका–१ पर्सा टोलकी २१ वर्षीया जुली झाले ३२ वर्षीय बिमलेश यादवको हत्या आरोपमा दिएको बयानले सबैलाई स्तब्ध बनाएको छ। प्रहरीले लिएको बयानमा जुलीले भनिन्, “मसँग दुई विकल्प थिए — आत्महत्या गर्ने या उसलाई मार्ने, मैले उसलाई मार्ने बाटो रोजें।” उनले आरोप लगाइन् कि तीन वर्षअघि उनीहरूबीच शारीरिक सम्बन्ध भयो र बिमलेशले त्यसको फोटो र भिडियो बनाएर बारम्बार ब्ल्याकमेलिङ गरेर आफूलाई शारीरिक सम्बन्धमा बाध्य पारेको थियो।

साउन ३ गते राति गेष्ट हाउसमा मदिरा सेवन गरेको अवस्थामा जुलीले होटलको तरकारी काट्ने चक्कु प्रहार गरी बिमलेशलाई हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। सीसीटीभी फुटेज अनुसार बिमलेश र जुली राति गेष्ट हाउस प्रवेश गरेका थिए र केही घण्टापछि नग्न र रगतामय अवस्थामा बिमलेश गेष्ट हाउसको पहिलो तलाबाट खसेको देखिएको छ। जुली त्यसपछि भागेकी थिइन् र पछि पक्राउ परिन्।

प्रहरीका अनुसार बिमलेश सशस्त्र प्रहरीका भगौडा थिए र वैदेशिक रोजगारीबाट फर्किएका थिए। लामो समयदेखि दुबैबीच सम्पर्क रहेको छ भने जुली डिप्रेसनमा रहेकी थिइन्। प्रहरीले जुलीलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?