श्रावणको पहिलो सोमबार: पशुपतिनाथमा भक्तजनको घुइँचो, निःशुल्क बस सेवा उपलब्ध
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ५ गते । आज श्रावण महिनाको पहिलो सोमबार, हिन्दु धर्मालम्बीहरूले देशभर भगवान शिवको विशेष पूजाआराधना गरिरहेका छन्। बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायतका शिवालयहरूमा श्रद्धालुको उल्लेखनीय भीड देखिएको छ। शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने र मन्त्र जप गर्ने परम्पराअनुसार विशेषगरी महिलाहरू हरियो चुरा, लुगा र मेहन्दीसहित पूजामा सहभागी भएका छन्। शास्त्रअनुसार श्रावण महिनामा शिव आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ।
यस अवसरमा भक्तजनको सुविधा लक्षित गर्दै पशुपति क्षेत्र विकास कोषले मन्दिरसम्म पुग्न निःशुल्क बस सेवा उपलब्ध गराएको छ। सदस्यसचिव सुवासचन्द्र जोशीका अनुसार चारवटा बसले चक्रपथ क्षेत्रमा घुमेर दर्शनार्थीहरूलाई मन्दिरसम्म पुर्याइरहेका छन्। ज्योतिषीय हिसाबले पनि साउन महिना विशेष मानिन्छ, किनभने सूर्य कर्कट राशिमा रहेकाले चन्द्रमा बलियो हुने र मानसिक शान्तिमा सहयोग पुग्ने विश्वास गरिन्छ। यही कारण सोमबारको व्रतले पार्वतीलाई शिव प्राप्त भएको कथा पनि हिन्दू धार्मिक ग्रन्थमा उल्लेख छ।
कमेन्ट गर्नुहोस्
view comments