श्रमिकको सम्मानबिना समृद्धि सम्भव छैन: प्रधानमन्त्री ओली

18 घन्टा पहिले प्रकाशित

काठमाडौं, श्रावण २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको सम्मानबिना समृद्धि सम्भव नरहेको स्पष्ट पारेका छन्। श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत श्रमिकको योगदानको कदर गर्न आवश्यक रहेको बताए। उनका अनुसार साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपैयाँ पुर्‍याइएको छ।

प्रधानमन्त्री ओलीले श्रमिकलाई एक मुट्ठी भरोसा महत्वपूर्ण हुने उल्लेख गर्दै श्रमिकको भविष्य सुरक्षित गर्न सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको बताए। यो योजनामा हालसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्। सरकार श्रमिकका हक, अधिकार र जीवनस्तर सुधारतर्फ प्रतिबद्ध रहेको उनले दोहोर्‍याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?