‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक, विजय बरालको संघर्षमय कोरिया सपना
काठमाडौं, असार ३१ गते । विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को टिजर मंगलबार सार्वजनिक गरिएको छ। टिजरमा पात्र सीताराम (विजय बराल) को कोरिया जाने सपना, त्यससँग जोडिएको पारिवारिक संघर्ष, प्रेम र धोका स्पष्ट रूपमा देखाइएको छ। विवाहको दृश्यबाट सुरू भएको टिजरमा काठमाडौं आइपुगेपछि आफ्नै गाउँलेको धोखामा परेका सीताराम कसरी अलमलमा पर्छन् भन्ने कथा समेटिएको छ।
हिमाल न्यौपाने निर्देशित यस फिल्ममा विजयसँगै केकी अधिकारी, मिरूना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहारीलगायत कलाकारको अभिनय रहेको छ। भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहेको फिल्म भदौ ६ गते तीजको अवसरमा सार्वजनिक प्रदर्शनमा आउनेछ। पेपरक्लिप ब्यानरमा निर्माण भएको फिल्ममा कमल र विमल न्यौपाने निर्माता, मनिष राउत एसोसियट निर्देशक तथा नारायण तिम्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर लगायत कार्यकारी निर्माताको रुपमा रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments