जनकपुरमा तलबार आक्रमण: युवक गम्भीर घाइते, प्रहरी मौन

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २४ गते । जनकपुरधाममा मोहर्रमका दिन एक युवकमाथि समूहबद्ध रूपमा तलबार प्रहार भएको घटनाले सनसनी फैलिएको छ। जनकपुरधाम उपमहानगरपालिका–२ गंगासागरको डीलमा बसिरहेका वडा नं. १७ कनकपट्टीका अजित यादवमाथि करिब १२–१३ जनाको समूहले अचानक आक्रमण गरेको थियो। यादवले सार्वजनिक भिडियो बयानमा मोटरसाइकलमा आएका ती युवाहरुले मोहर्रम सकिएपछि तलबारसहित आक्रमण गरेको र आफूले घाँटीमा लागेको प्रहार हातले रोक्दा गहिरो चोट लागेको बताएका छन्।

यादवका अनुसार आक्रमणकारीहरूले मुस्लिम समुदायको पहिरन (गम्छा, टोपी) लगाएका थिए र आफूलाई ज्यानै मार्ने उद्देश्यले आक्रमण गरिएको बताए। भागेर उनले एक पसलभित्र लुकेपछि पसलमै समेत आक्रमण प्रयास गरिएको तर पसलेहरूको सहयोगमा उनीहरूले भागेका थिए। राति करिब ८:३० बजे भएको घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन भने प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहसँग सम्पर्क गर्दा व्यस्त रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?