भोजपुरमा एकै घरका चार जनाको निर्मम हत्या, ज्वाइँले गराए त्रासदीपूर्ण घटना
15 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २२ गते । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै घरका चार सदस्यको निर्ममतापूर्वक हत्या भएको छ। भोजपुर नगरपालिका–२ हेलौछाका राजेन्द्र राईले आफ्नै ससुराली घरमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासु मन्जु गिरि, १५ वर्षीया श्रीमती मनिषा गिरि र नौ वर्षीय सालो सयन गिरिको हत्या गरेका हुन्। हत्या गरेपछि उनले आफूलाई पनि छुरा प्रहार गरी घाइते बनाएका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट घरेलु विवाद नै कारण हुनसक्ने देखिएको छ। मृतकका शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भइरहेको छ भने घाइते राईको प्रहरी निगरानीमा उपचार भइरहेको बताइएको छ। घटनाले स्थानीयवासीमा ठूलो त्रास उत्पन्न गराएको छ।
कमेन्ट गर्नुहोस्
view comments