जनकपुरमा ज्वाइँद्वारा ससुराको चक्कु प्रहार गरी हत्या
19 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १८ गते । जनकपुरधाममा ज्वाइँले ससुरामाथि चक्कु प्रहार गरी हत्या गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर निवासी ६५ वर्षीय बासुदेवप्रसाद विमलको आफ्नै ज्वाइँ बेचन महासेठद्वारा हत्या गरिएको हो। जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय महासेठले आज बिहान पौने १० बजे ससुरालाई घरमै चक्कु प्रहार गरेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार घरायसी जग्गा विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पेटमा गम्भीर घाइते भएका विमललाई प्रादेशिक अस्पताल जनकपुर पुर्याइए पनि साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि आरोपी बेचन फरार छन् भने मृतक बासुदेवप्रसाद विमल जनकपुरधामका मेयर मनोज साहका काका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments