रु २८ लाखभन्दा बढी हुण्डीसहित तीन जना पक्राउ

19 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १८ गते । पर्सा प्रहरीले स्रोत नखुलेको कुल रु २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवाललाई रु ९ लाख ४७ हजार, वीरगञ्ज महानगरपालिका–३ का विनितकुमार श्रीवास्तवलाई रु १५ लाख ८१ हजार र बाराको परवानीपुर गाउँपालिका–४ का दीपककुमार सोनारलाई रु ३ लाखसहित पक्राउ गरिएको हो।

हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका ती व्यक्तिमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ। जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूलाई थप अनुसन्धान गरिँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?