राष्ट्रपतिसँग सातै प्रदेश प्रमुखको शिष्टाचार भेट

18 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार १८ गते । सातै प्रदेशका प्रमुखहरुले बुधबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भेटघाटमा प्रदेश प्रमुखहरुले आफ्नो–आफ्नो प्रदेशको वर्तमान अवस्था, गतिविधि र समसामयिक विषयहरूबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

भेटमा कोशी प्रदेश प्रमुख परशुराम खापुङ, मधेशकी सुमित्रा सुवेदी भण्डारी, बागमतीका दीपकप्रसाद देवकोटा, गण्डकीका डिल्लीराज भट्ट, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर, कर्णालीका यज्ञराज जोशी र सुदूरपश्चिमका नजिर मियाँ सहभागी थिए। राष्ट्रपतिसँगको भेटलाई प्रदेश र संघीय सरकारबीच सहकार्य र समन्वय सुदृढ गर्ने अवसरका रूपमा लिइएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?