पर्सामा १३ वर्षीया छोरीलाई बिक्री गरी बालविवाह गराउने बुवा पक्राउ, भारतीय पतिको आपराधिक पृष्ठभूमि खुल्यो

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार ६ गते । पर्साको पोखरिया नगरपालिकामा एक १३ वर्षीया नाबालिकालाई चार लाख ८० हजार रुपैयाँमा भारतीय नागरिकसँग विवाह गरिदिएको आरोपमा प्रहरीले उनका बुवालाई पक्राउ गरेको छ। पीडित बालिका पूजा (नाम परिवर्तन) लाई उनका बुवा भरत (नाम परिवर्तन) ले भारत बिहारको सुगौलीका ५० वर्षीय विदुर नामका पुरुषसँग दोस्रो विवाह गरिदिएको उजुरी हजुरबुवाले प्रहरीमा दिएका थिए। विदुरले बालिकाको बुवालाई रकम दिई विवाह गरेको र घटनामा अनमेल तथा अन्तरजातीय विवाहसमेत भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विवाह गरिएका भारतीय पुरुषमाथि अघिल्लो पत्नीको हत्या गरेको अभियोगसमेत रहेको छ। घटनाबारे गम्भीर अनुसन्धान अघि बढाइएको र बालिकाका ३४ वर्षीय बुवालाई बिहीबार जिल्ला अदालतमा बालविवाहसम्बन्धी मुद्दामा उपस्थित गराई पाँच दिनको म्याद थप गरिएको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?