पूर्वभारतीय राजदूतको भनाइ: "बालेन नेपालकै सबैभन्दा लोकप्रिय नेता, युवाको आशाको केन्द्र"
22 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार ५ गते । पूर्वभारतीय राजदूत रञ्जित रेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई नेपालका सबैभन्दा लोकप्रिय राजनीतिक नेतामध्ये एक भनेर टिप्पणी गरेका छन्। एक भारतीय टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा उनले बालेन नेपाली युवामाझ आशाको केन्द्र बनेको भन्दै उनको उदयलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरे। रेले बालेनको र्याप संगीतदेखि राजनीतिक सक्रियता सम्मको यात्रा उल्लेख गर्दै उनलाई आजको मितिमा सबैभन्दा लोकप्रिय नेता भन्न लायक रहेको बताए।
रेले नेपालको राजनीतिक नेतृत्व पुराना पुस्ताले कब्जा गरिरहेकाले युवामा निराशा बढेको र पाँच पटकसम्म प्रधानमन्त्री बनिसकेका नेताहरूको पुनरावृत्तिले नयाँ पुस्तालाई निराश तुल्याएको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लोकप्रियता र प्रभावकारितालाई पनि उदाहरणस्वरूप प्रस्तुत गरे, जुन युवा पुस्तामाझ आशाको नयाँ विकल्पको रूपमा देखिएको छ। यस्तै, उनले नेपालमा व्याप्त भ्रष्टाचारले युवामाझ आक्रोश बढाइरहेको पनि औंल्याए।
कमेन्ट गर्नुहोस्
view comments