बर्दिबासको होटलमा यौनजन्य अपराध, दुई महिलासहित पाँच जना पक्राउ
22 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ३ गते । बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडाको स्नेहा होटलमा वेश्यावृत्तिमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले सोमबार छापा मार्दा होटल सञ्चालकसहित दुई महिला र भारतका दुई नागरिकलाई आपत्तिजनक गतिविधिमा संलग्न भेटिएपछि नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा होटल सञ्चालक रामबहादुर तामाङ, भारतको सीतामढी मजफ्फरपुरका राकेश बैठा र जयकरण बैठासँगै महोत्तरीकी ३० वर्षीया र सिरहा लहानकी ३० वर्षीया महिला छन्। प्रहरी नायब उपरीक्षक विकास बमका अनुसार सो होटलमा विगतदेखि लागुऔषध कारोबार, चोरी योजना र यौनजन्य अपराधजस्ता गतिविधि भइरहेका सूचना पाएपछि निगरानी कडा पारिएको थियो।
कमेन्ट गर्नुहोस्
view comments