श्रीमतीलाई बलात्कार गर्ने श्रीमानलाई ६ महिना कैद र क्षतिपूर्तीको सजाय

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १ गते । धनुषा जिल्ला अदालतले वैवाहिक बलात्कारको मुद्दामा एक श्रीमानलाई दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय र एक लाख रुपैयाँ क्षतिपूर्ती तिराउने आदेश दिएको छ। न्यायाधीश दिलकुमार वर्देवाको इजलाशले शुक्रबार सुनाएको फैसलामा श्रीमानलाई जबरजस्ती करणी गरेको ठहर गर्दै उक्त सजाय सुनाइएको हो।

२०७९ चैत २१ गते श्रीमतीले बलात्कारको आरोपमा श्रीमानविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन्। २०८० साउन २१ गते पहिलो पेशी चढिएको यो मुद्दामा कुल ३६ पटक पेशी बसेपछि अन्तिम फैसलासम्म पुगेको हो। अदालतले जेठ १३ गते दोषी ठहर गरेपछि सजाय निर्धारणका लागि जेठ २९ मा प्रतिवेदन मागेको थियो। सोही आधारमा अन्तिम आदेश दिँदै अदालतले कैद र क्षतिपूर्तिको सजाय तोकेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?