शहिद सालिकमाथि चप्पल प्रहार गर्ने व्यक्ति पक्राउ

20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ३० गते । जनकपुरधाम उपमहानगरपालिका–२३ मा रहेको शहिद दुर्गानन्द झाको सालिकमाथि चप्पल प्रहार गरी अपमानजनक व्यवहार गर्ने रतन महतोलाई प्रहरीले पक्राउ गरेको छ। जेठ २८ गते बेलुकी उक्त घटनापछि फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले विशेष अनुसन्धानमार्फत जेठ २९ गते बिहान आफ्नै गाउँ लादोबेलाबाट नियन्त्रणमा लिएको हो। उनी ४४ वर्षीय खेलावन महतोका छोरा हुन्।

प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै शहिदको सालिकमाथि गरिएको यस्तो आपत्तिजनक कार्यलाई गम्भीर रुपमा लिइएको र दोषीमाथि कानुनी कारबाही अगाडि बढाइएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुण बहादुर सिंहका अनुसार हाल रतन महतो प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?