पाँच बुँदे प्रस्ताव नमानेसम्म सदन अवरुद्ध रहन्छ: रास्वपाका मनिष झा
2 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनलगायत पाँच बुँदे प्रस्ताव सत्तापक्षले स्वीकार नगरेसम्म सदनको अवरोध नहट्ने स्पष्ट पारेका छन्। रातोपाटीसँगको कुराकानीमा उनले यदि सरकार जनतालाई ठग्नकै लागि सत्तामा आएको हो र लुटतन्त्र कायम राख्ने हो भन्ने कुरा लिखित रूपमा स्वीकार गर्छ भने मात्र अवरोध हटाउने बताए। झाका अनुसार सत्ता पक्ष गम्भीर संवादमा आउन इच्छुक देखिएको छैन भने विपक्षी दलहरूसँग अहिले पनि सहकार्य र छलफल जारी छ।
उनले विपक्षी दलहरूमध्ये भिजिट भिसा काण्डबारे उच्चस्तरीय छानबिन समिति गठनको प्रस्तावमा सबै एकमत रहेको जनाए। माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको फरक प्रस्तावबारे आफूहरूलाई कुनै आधिकारिक जानकारी नभएको भन्दै उनले कांग्रेससँग सहमतिबाटै अघि बढिएको स्पष्ट पारे। झाका अनुसार संसद् अवरोध हटाउने जिम्मा अब सत्तापक्षकै हातमा छ, र सरकार संवेदनशील भएर निष्पक्ष छानबिनको मार्ग रोजे मात्रै लोकतान्त्रिक अभ्यासको संरक्षण सम्भव हुने उनले तर्क गरे।
कमेन्ट गर्नुहोस्
view comments