अक्षय कुमारको ‘हाउसफुल ५’ दुई दिनमा ५४ करोड भारू कमाएर हिट
6 दिन पहिले प्रकाशित

एजेन्सी,जेठ २६ गते । बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘हाउसफुल ५’ बक्स अफिसमा राम्रो कमाइ गर्दैछ। नवभारत टाइम्सका अनुसार, यो फिल्मले ओपनिङमा २४ करोड र दोस्रो दिनमा ३० करोड गरी दुई दिनमा कुल ५४ करोड भारूको आम्दानी गरेको छ।
‘हाउसफुल ५’ यस वर्षको तेस्रो ठूलो ओपनर फिल्म बनेको छ। फिल्मको बजेट करिब ३५० करोड भारू रहेको छ।
निर्देशक तरूण मनसुखानीको फिल्ममा अक्षय कुमारसँगै अभिषेक बच्चन, ज्याकलीन फर्नांडिस, रितेश देशमुख, श्रेयस तलपडे, फरदीन खान, सञ्जय दत्त, ज्याकी श्राफ लगायत कलाकारहरू छन्।
कमेन्ट गर्नुहोस्
view comments